Home / सेरोफेरो / साउदीमा भलिबल प्रतियोगिता हुँदै

साउदीमा भलिबल प्रतियोगिता हुँदै

ताइफ (साउदी), ३१ जेठ
साउदी अरब, ताईफमा रहेको सगरमाथा भलिबल क्लबले मुसलमानहरुको महान् चाड रमाजान तथा इदको अवसरमा २२ जुन अर्थात आषाढ ८ गते खुल्ला भलिबल प्रतियोगिता गर्ने भएको छ । ‘स्वस्थ जीवनका लागि खेलकुद’ भन्ने नाराका प्रतियोगिता हुन लागेको हो । नेपालीबीच सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ गर्न लागिएको उक्त प्रतियोगिता ताइफ सिटीमा हुनेछ ।

२५ टिम सहभागी हुने प्रतियोगितामा प्रथम पुरस्कार ३,००१( साउदी रियल, शिल्ड, मेडल र प्रमाणपत्र), द्वितीय पुरस्कार २,००१( साउदी रियल, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार १,००१ ( साउदी रियल (ने.रु.२८,०००, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी उत्कृष्ट खेलाडीलाई १०१ साउदी रियल र प्रमाणपत्र दिइने कार्यक्रम संयोजक खुसीराम बरालले जानकारी दिए । टिटी सिस्टममा खेलाइने उक्त प्रतियोगिता २२ जुन बिहीबार राति १० बजे सुरु भई २३ जुन शुक्रबार फाइनल हुनेछ ।

जेद्दा, ताबुक, रियाद, अलबाहा लगायतका ठाउँमा रहेका नेपाली टिमको सहभागिता रहने र टिम दर्ता २२ जुनसम्म गर्न सकिने जनाइएको छ । थप जानकारीका लागि सगरमाथा भलिबल क्लबको अफिसियल फेसबुक पेज हेर्न सकिने बताइएको छ ।