Home / Entertainment / विश्वका सुन्दर मुद्रामा नेपालका ३ नोट र एक सिक्का

विश्वका सुन्दर मुद्रामा नेपालका ३ नोट र एक सिक्का

बेलायती पत्रिका ‘द टेलिग्राफ’ले प्रकाशित गरेको विश्वका २१ सुन्दर मुद्राको सूचीमा नेपालका तीन नोटसहित एक सिक्का परेका छन्।
बेलायतको उक्त राष्टिय दैनिक पत्रिकाले नेपाली ५०० को नोटलाई २१ मध्येको ११ औँ, ५ को नोटलाई १२औँ तथा १ को नोटलाई १३औँ स्थानमा सुन्दरताका हिसावले सूचीमा राखेको हो।
त्यस्तै, नेपाली २ रुपैंयाँको सिक्कालाई पनि सुन्दर भन्दै उसले १९औ स्थानमा राखेको छ।
पाँच सयको नोटमा दुई वटा बाघको तस्वीरले ‘ग्रेट’को प्रदर्शन गरेको, पाँचको नोटमा भएका दुई याकले नेपालको सँस्कृतिलाई महत्व दिएको र एकको नोटमा रहेको ‘कलर म्याचिङ’लाई विशेष प्रशंसा गरिएको छ। त्यस्तै दुईको डलरमा किसानले गोरु जोतेको विषयले महत्व पाएको छ।
उक्त सूचीको पहिलो स्थानमा न्युजिल्याडको ५ को नोट परेको छ।  दोस्रोमा थाइल्याण्डको ५० भाटको नोट परेको छ।