Home / साहित्य / एड्भान्स्ड म्यान

एड्भान्स्ड म्यान

चुनौतिबिनाको यात्रा त के यात्रा ! यस्तो सोच्दासोच्दै कमलले आफूसामु चुनौती उभ्यायो, ‘म राम्री, प्रतिभावान, सुझबुझ भएकी युवती बनाउँछु र उसैसँग विवाह गर्छु ।’

फडिन्द्र अकिञ्चन
पूर्व–पश्चिम दु्रत रेल सेवा छुटिसक्दा पनि उसलाई निन्द्रा लागेन । ऊ अर्थात वैज्ञानिक कमल सधै राति १२ बजे निदाइसक्थ्यो । साढे १२ बजेको दु्रत सेवा छुट्यो । चितवन
महानगरपालिकाको चलहपहल निकै कम भइसकेको छ । रात्री सिफ्टका कारखाना, कर्मचारी, तारे होटल, पर्यटक गाडी, डिस्कोहरू भने सक्रिय नै थिए ।
उसले लाइफ प्लान डायरी पल्टायो । वि. सं. २११५ मा पढाइसक्ने, १७ सम्म वैज्ञानिक प्रयोगशालामा भोलेन्टियर गर्ने, २११८ बाट आफ्नो प्रयोगशाला स्थापना, २१२०
मा विवाह, २०२५ मा घर निर्माण… । अहिलेसम्म उसका सबै कार्य डायरी अनुसार नै भएका थिए । २१२० मा विवाह भने डायरी अनुसार हुने सम्भावना कम हुँदै थियो ।
डायरी अनुसार नै उसले आफूलाई विकास ग¥यो । २१२० सुरू भएको थियो । उसले
योग्य प्रेमिका पाएकै थिएन । कमलले किसिम किसिमका रोबर्ट बनाइसकेको थियो ।
नासा, रूस, चीन, बेलायतका वैज्ञानिकसँग निरन्तर सम्पर्कमा थियो । छलफल, सेमिनार
अनुभव आदानप्रदान पनि भइरहन्थ्यो ।
वि. सं. २११० बाट बुध ग्रहमा बस्ती बस्न थालेपछि पृथ्वीको जनसंख्या दिनदिनै घट्दै थियो । एक चौथाई नेपाली बुधमा पुगिसकेका थिए । २११५ को एक वसन्तको बिहान हिमाल सफा थियो । माछापुच्छे«, कञ्चनजंघा,
सगरमाथा, अन्नपूर्ण, अरू धेरै बेनाम हिमाल नियाल्यो उसले । आफ्नो नीजि जहाजमा
एक्लै थियो कमल । केही फरक महत्वपूर्ण र उल्लेखनीय आविष्कार त गर्नैपर्छ । उसले
सोच्यो । हिमनदीहरु नियाल्दै गर्दा अपर्झट उसले सोच्यो, म मान्छे बनाउँछु, मान्छे । सो
च्दासोच्दै जहाज ठोकिन पो लागेछ । आलिकति हाइट लिएपछि उसले सोच्यो, ‘रोबर्ट होइन,
दुरूस्तै मान्छेकै अवयव भएको, मान्छे बनाउँछु ।’ सोच्दासोच्दै थकित भएपछि ऊ फर्कियो
। छतमा जहाज ल्यान्ड ग¥यो ।
भोलिपल्टबाट सुरू भएको हो मान्छे बनाउने क्रम, तर आजसम्म पूर्ण सफल भएको
छैन । २ महिनापछि उसले रगत बनायो । डब्लुबिसी, आरबिसी, प्लेटेन्यस्, हेमोग्लोबिन र अन्य तत्व सन्तुलित मात्रामा भएको रगत । साँझमा खुसीयाली मनाउन नारायणी किनारको रिभर भ्यू होटलमा पुग्यो ऊ । अन्य वैज्ञानिक खानपिनमा व्यस्त थिए ।
कमल बगैचामा बसेर चुरोट तान्दै ताराहरू हेर्दै थियो । वेटर आई, थोरै मुस्कुराइ र भनी, ‘के
ही लिनुहुन्छ कि सर ?
‘नो थ्याङ्क्स ।’
युवती फर्की । उत्तेजक युवतीलाई उसले हे¥यो । मनमनै भन्यो, ‘यो पनि व्यापार नै
गर्दै छे ।’ एक तमाससँग नदी बग्दै छ, ताराहरू छन्, होटलको उज्यालो नदीको आधा भागसम्म
पुगेको छ । मान्छेले अरू मान्छेसँग प्रतिश्पर्धा गर्नुपर्छ । अरूसँग भन्दा बढी आफैँसँग प्रतिश्पर्धा
गर्नुपर्छ । चुनौतिबिनाको यात्रा त के यात्रा ! यस्तो सोच्दासोच्दै कमलले आफूसामु चुनौती उभ्यायो, ‘म राम्री, प्रतिभावान, सुझबुझ भएकी युवती बनाउँछु र उसैसँग विहे गर्छु ।’
प्रयोगशालामा रात दिन खटेर कमलले छाला, हाड, कोषहरू, रक्तनली बनाइसकेको
थियो । धेरै अंग बनाउन बाँकी थिए अझै । अधिकांश अंग विदेशबाट आयात गरे
को थियो उसले ।
२११९ वैसाखको २ गते उसले एउटा बालक बनायो । सुध्न, हेर्न, बोल्न, रून, हास्न,
पढ्न सक्ने । स्मरण शक्ति, स्वविवेक पनि भएको । बच्चालाई कम्प्युटर खेल्न दिएर ऊ
कफी खान लागेको थियो । उसको खुसी तत्काल अन्त भो । बच्चा म¥यो । यस्तै क्रम,
उपक्रम चल्दै थिए । ऊ थकित हुँदै गएको थियो ।
एक साँझ उसले कम्प्युटर खोल्यो । कम्प्युटर खुल्दै गर्दा आफ्नो उमेर गन्यो ।
चालिस । मान्छे बनाउने योजना चाडै सफल होला जस्तै छैन । तर हिम्मत हार्न पनि त
भएन । हाम्रो त जीवन नै प्रयोग हो । कमलले निर्णय बदल्यो, ‘मान्छे बनाउन जारी राख्छु
तर अब बिहेचाहिँ २१२० भित्रै गर्छु ।’
सबैले अपनाउने उपाय सुरू ग¥यो ः गुगलमा युवती खर्च । आवश्यक योग्यता टाइप
गर्दै गयो ः उमेर ३० देखि ३५, मेहनती, वैज्ञानिक वा चिकित्सक, भावुक, अहिलेसम्म
विवाह नभएकी, सुन्दर… । एक दर्जन जति रिजल्ट देखिए । पहिलो रिजल्टमा थिई डा.
सेन्ट्रा जोन । अनुहार मन परेन उसलाई, दोस्रो हे¥यो । डा. चारू, नसा तथा हाडजोर्नी विशे
षज्ञ । प्रोफाइल खोल्यो, फोटो सुन्दर छ । तुरून्त इमेल ग¥यो ।
इमेल, टेलिफोन, भेटघाट, प्रेम द्रूत गतिमा घटित भए । २१२० फागुन १५ गते विवाह
पक्का ग¥यो ।
बुध ग्रहमा जानेहरूको सङ्ख्या बढ्दै थियो । आकांक्षीहरू धेरै भएपछि एक महिनादे
खि बस्ती सार्ने अभियान बन्द थियो । अभियान पुन सुरु गर्न माग गर्दै मान्छेले विरोध
प्रदर्शन गरेपछि महानगरको ट्राफिक अस्तव्यस्त भो । विवाहका आमन्त्रितहरू धेरैजसो
आफ्नै जहाजमा आए । गाडीमा आएकाहरू जाममा परे । गाडीमा आउँदै गरेका पण्डित
आउन नसक्ने पक्का भो । पण्डितको सुझाव अनुसार अर्का पण्डितले घरमै पुस्तक पढ्ने
र त्यसलाई इनटरनेटबाट प्रोजेक्टरमा विवाह समारोह तय गरियो ।
कमलका बा, आमा पनि आइपुगेका थिए । राष्ट्रिय वृद्ध स्याहार केन्द्रबाट उनीहरू सिधै
विवाहस्थल पुगे । मण्डपमा बाजा र होटल परिसरमा चम्किला
विभिन्न रंगका बत्तिहरू चम्किदै थिए ।
जन्ती पर्सिने काम भयो । त्यसपछि स्वयम्वर सुरू भो । दुलही र दुलाहाले एक
अर्कालाई औंठी लगाइदिए । यसपछि दुवै अंगालोमा बाँधिए । प्रोजेक्टरमा मन्त्र पढिदै
थियो । केही क्षणमा टीकाटालो सुरू भो । उपहारका कुपन, विलहरू दिइए । चेकहरू दिइए
। सुटकेसका चाबीहरू हस्तान्तरण गरिए । टीका लगाउने, अंकमाल गर्ने क्रम लामै चल्यो
। त्यसपछि भोज चल्यो । म्युजिक सुरू भो । सबै नाच्नमा मस्त ।
दुलाहा दुलहीले केटीका बा आमालाई भने, ‘अब हामी जान्छौ ।’ जवाफ आयो ः
‘राम्ररी जानू, कहिलेकाँही सम्झिदै गर्नू ।’
कमल र चारूको पारिवारिक जीवन आरम्भ भो । उनीहरूले कमल चारू अस्पताल स्थापना गरे चलाउन थाले । अस्पताल कमलकै प्रयोगशाला नजिकै थियो । कमलको एडभान्स्ड म्यान बनाउने चाहना बाँकी नै थियो । दुवै आ–आफ्नै काममा व्यस्त, सँगसँगै
भए पनि भेट हुनै गाह्रो । एक महिनामा १ दिन उनीहरूसँगै डुल्न निस्कन्थे ।
विवाहको २ वर्षपछि चारूले छोरा जन्माई आफ्नै अस्पतालमा । परिचारिकाले वे
वक्यामराबाट बच्चा कमललाई देखाइदिई । प्रयोगशालामा व्यस्त कमल छोरालाई देखेर
मुस्कुरायो । चारूले छोरालाई देखी र पीडाका बीच पनि गहिरो सन्तुष्टिको अनुभूति उसको
अनुहारमा देखियो । चारूलाई खानपिन र सरसफाइमा सहयोग गर्न २ जना महिला
तलबमा राखिए । वि. सं. २१२५ अर्थात घर निर्माणको वर्ष । डायरी बमोजिम उनीहरू
दुवैले आ–आफ्नो कमाई जम्मा गरेर १५ रोपनी जग्गा किने र घर बनाउन सुरू गरे । ४
तलाको घर । अगाडि पाकिङ र फूलबारी । पछाडि स्विमिङ पुल, प्रयोगशाला, विश्राम
कक्ष, अतिथि कक्ष, प्रविधि कक्ष, छतमा हेलिप्याड । योजना मुताविक घर सम्पन्न भो ।
छोराको नाम भेनस । भेनस पनि ५ वर्षको भइसकेको थियो । सधैको व्यस्त
जीवनबाट दिक्दार लागेर उनीहरूले १ महिना लामो यात्रामा निस्कने तय गरे । आफ्नै
जहाजमा जाने कि सार्वजनिक जहाजमा भन्ने छलफल लम्बिदै गयो । प्लेन पास, पार्किङ
शुल्क निकै महंगो पर्ने भएपछि सार्वजनिक जहाजमा यात्रा तय भो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरू ब्राजिल उडे । त्यहाँको जल सम्पदा
र जंगल हेर्ने कमलको विशेष चाहना थियो । ब्राजिलपछि अमेरिका, अमेरिकापछि युरोपियन देशहरू भ्रमण तालिकामा थिए । फर्किदा सिंगापुर, सिक्किम हुँदै नेपाल आउने योजना निश्चित भएको थियो ।
प्राकृतिक सम्पदा र मावन नीर्मित विशेष संरचना र सभ्यता नियाल्दै भ्रमण जारी रह्
यो । थोरै विदेशी मित्रसँग भेटघाट, धेरै घुमफिर गरे उनीहरूले । सिंगापुर हुँदै सिक्किम
पुग्दा यात्रा सुरू भएको २८ दिन भइसकेको थियो । गान्तोक बजार, सिक्किमको राजधानी सहर । उनीहरूलाई नेपाल नै पुगेजस्तो लाग्यो । दिनदिनै पानी परिरहेकोले सजिलैसँग घुम्न पनि नसकिने । धन्न उनीहरूले हिमालको दर्शनसम्म गर्न पाए । प्राय पर्यटकिय स्थलको
भ्रमण त गरे तर निर्धक्क भएर घुम्ने हेर्ने, तस्बिर लिने काम अरू स्थानमा जस्तो गान्तोकमा
सहज भएन । सोमबार १२ः३० बजे नेपाल फर्किने जहाजको टिकट थियो । आइतबार
साँझबाट वर्षात रोकिएको थियो । सोमबार बिहान मौसम स्निग्ध र उल्लासमय थियो ।
होटलको छतबाट सुरम्य दृश्य दियाल्दै थिए उनीहरू । डाँडामा ठूलो बजार, दू्रत गतिको
रेल, आकासे पुलहरू, फेदिमा खेतीपाती । अनुपम प्राकृतिक दृश्य । पर्यटकीय आर्कषण
बढ्दो । सजावट र व्यवस्थापन निकै प्रभावकारी । छाताको गमलामा फूलेको फूल टिप्न
खोज्दा भेनिस छतबाट खुस्किइ हाल्यो । चारूले समात्न खोजेकी हो । सटको छेउ चुडिएर
हातमा बाँकी रहयो । भेनस सडकमा पुग्यो । ठूलो चिच्याहटसुनियो । एकछिन
उफ्रिएर भेनसको शरीर स्थिर भो ।
दुवै जना अत्तालिदै रोडमा पुगे । ट्राफिक जाम भो । अस्पताल लगियो भेनसलाई ।
डाक्टरले मृत घोषित गरिदिए । चारू वेहोस् भई । कमल सम्हालिन सकेको थिएन । मृत
छोरो लिएर, यात्राभरको उत्साह त्यागेर, भावुक बन्दै गहिरो चोट लिएर उनीहरू घर फर्के ।
कमलले छोरालाई सिधै प्रयोगशालामा लग्यो । चारू साथमा थिई । भेनसको शरीर
को रगत पूरै निकाल्यो र ताजा रगत हाल्यो ।
चल्न बन्द भएका मुटु, कलेजो, फोक्सो, मृगौलाका स्थानमा नयाँ चलिरहेको अंग हाल्यो
। रक्तकोषहरू मरिसकेका थिएनन् । अप्रेसन र अंग प्रत्यारोपण
गर्न १० घण्टा लाग्यो । भेनस वेहोस थियो । चारूले नाडी परिक्षण गरी । नारी चल्दै थियो । स्वासप्रश्वास र मुटु पनि चल्न सुरू गरेको
थियो । कमल र चारू घरी एक अर्कालाई हे
र्थे, घरी छोरालाई हेर्थे । अप्रेसन सकिएको
२ घण्टापछि भेनसले आँखा खोल्यो । चारू
र कमलका आँखा फेरि आँसुले भरिए ।
‘मम्मी म कहाँ छु, मम्मी दुख्यो … ।’
छोराको पुनर्जीवन पाएकोमा दुवै दंग
भए । केही महिनामा छोरा पहिलाजस्तै
तन्दुरूस्त भो । जीवन उस्तै चल्न थाल्यो ।

भेनस १४ वर्ष लाग्यो । किशोरावस्था
लागेपछि भेनस टोलाउने, रिसाउने, एकोहोरो हुने गर्न थाल्यो । निदाएको बेलामा कमल र
चारूले भेनसलाई प्रयोगशालामा लगे । निद्राको औषधी खुवाइदिए र परीक्षण सुरू गरे । डा.
चारूले नसाहरूको परीक्षण गरिन् । रगत, दिसा, खकार, आँखा, नाक, यौनांग पूरै अंगप्रत्यांग
परीक्षण गरिए । त्यसका लागि विदेशबाट पनि विशेषज्ञ पहिल्यै बोलाइएका थिए ।
कमलले अंगहरू परीक्षण गरे । सबै अंग दन्दुरूस्त थिए । डाक्टरको समूहले
पनि कुनै रोग भेट्टएन ।
परीक्षण सकिएपछि भेनसलाई घर ल्याइयो । उसको बानीमा
सुधार आएन । एकोहोरो हुने, उदास हुने, चर्किइरहने क्रम जारी रह्यो ।
पुसको एक बिहान झमझम वर्षा भइरहेको थियो । बिहान ८ बज्दा पनि भेनस उठे
को थिएन । चारूले ढोका ढक्ढक्याई, बोलाई, आवाज आएन । कमलले पनि प्रयास ग¥यो
तर कोठाभित्र केही चालचुल सुनिएन । अत्तालिएर ढोका फोडेर हेर्दा भेनस सिलिङमा
डोरी लगाएर झुण्डिरहेको भेटियो ।
‘बाबु…’ चारू खुट्ट समाएर डाँको छोडी । कमलले कुर्सीमा टेकेर डोरी काट्यो
। भेनस लड्यो । कमलले आफूलाई सम्हाल्न सकेन । केही समयपछि कमलले चारूलाई
भन्योः ‘बोक, प्रयोगशाला जाऊ ।’
चारूले कमलको अनुहारमा गौर हेरी । आँसु झारी र भनी ः ‘नो, नो, नो मलाई
एडभान्स्ड म्यान होइन, म्यान चाहिन्छ, म्यान ।’ चारू फेरि वेहोस भई ।
त्यसको १ घण्टापछि प्रयोगशालामा कर उठाउन आएको कर्मचारी कमललाई साहै्र
व्यस्त देखेर केही नबोली फर्कियो । कलम भेनसमा जीवन भर्न व्यस्त थियो ।