गीत

भीम रानाभाट

कति गाउनु गीत सधै प्रजातन्त्रको
देश विकास गर्ने झुटो मूल मन्त्रको

सबै जनता थलिएका गहिरो वेदनाले
त्यसै त्यसै हुनुपर्ने चोखो भावनाले
अन्यायमा पर्दा किन नबुझेको रित ?
पूरै देश निदाएको प्रजातन्त्रसित

कुराभन्दा काम धेरै गर्ने बेला आयो
कुरा काट्ने बानीले नै धेरै जुग खायो
गर्नेभन्दा गराउने ठूलो भन्थे साथी
झुटो कुरा बोल्ने नेता तिनै पुगे माथि

बगिराछ निरन्तर शहिदको रगत
आहालमा डुबेको छ यो नेपाली जगत
साकार भो शहीदको खै त सपना साथी ?
खोजी लिने अधिकार जाने माथिमाथि।